दशौं महाधिवेशन माघमा - खेमराज पौडेल

ताजा

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Aug 26, 2023

दशौं महाधिवेशन माघमा

 


काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) ले आगामी माघमा १०औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।  

भदौ ५देखि ७ गतेसम्म ललितपुरको बालकुमारीमा सम्पन्न पार्टीको छैटौं केन्द्रीय बैठकले माघ १४ देखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको छैटौं पूर्ण बैठकले महाधिवेशनको मिति तोकेपनि स्थान भने सचिवालय बैठकले तय गर्नेछ ।

नेकपा एकीकृत (समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठक सम्पन्न भएपछि आयोजित प्रत्रकार सम्मेलनमा एमालेले वैचारिक, राजनीतिक, संगठनात्मक सीमा क्रस गरेर चरम दक्षिणपन्थी अवसरवादी बाटोमा गएको दाबी गर्नु भएको छ ।  

उपमहासचिव खतिवडाले भन्नुभयो,‘एमालेले नेपाली क्रान्तिको नेतृत्व गर्न सक्दैन, देशलाई समाजवादको दिशामा लैजान सक्दैन । एमालेले जस्ता प्रवृत्ति अपनाएको छ। त्यसले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैन भन्ने निष्कर्षका साथ हामीले त्यसलाई पुनर्गठन गरेका हौं। यो विद्रोह त्यही पुनर्गठन हो। पुनर्गठन गरेपछि त्यो पार्टीको स्वामित्व हामीले लिएका छौं ।’

२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादी एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो ।

 


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages