पार्टी पुनर्गठनको दोस्रो वर्ष: विभिन्न कार्यक्रम गरेर मनाईँदै - खेमराज पौडेल

ताजा

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Aug 26, 2023

पार्टी पुनर्गठनको दोस्रो वर्ष: विभिन्न कार्यक्रम गरेर मनाईँदै

 


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठनको दोस्रो वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । 

एकीकृत समाजवादी पार्टीलाई २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाण पत्र प्रदान गरेको थियो । सोहीअनुसार शनिबार दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा दोस्रो पार्टी पूनर्गठन दिवस मनाउने भएको हो । 

उपमहासचिव डा.गंगालाल तुलाधरका अनुसार पार्टी केन्द्रीय कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कायक्रममा उपस्थितिका लागि अनुरोध गरिएको  छ । 

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपाल, युवा संघ, अनेरास्ववियू, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) लगायतका संगठनहरुले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । त्यस्तै प्रदेश र जिल्ला कमिटीले पनि पार्टी पुनर्गठन दिवस मनाउने भएका छन् ।  

 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages